images
images

धौलागिरि कालिका यातायात प्रालि बागलुङको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

धौलागिरि कालिका यातायात प्रालि बागलुङको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापना भई यातायातको क्षेत्रमा काम गर्दै आएको धौलागिरि अञ्चल जिप व्यवसायी समितिबाट रुपान्तरित कालिका यातायात प्रालिको पाँचौ बार्षिक साधारणसभा बनभोज सहित सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै धौलागिरि अञ्चल जिप व्यवसायी समितिका संस्थापक अध्यक्ष एवँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य शशिकपुर श्रेष्ठले सवैसंग सहकार्य गरेर यातायत व्यवसायलाई व्यस्थित बनाउनुपर्ने बताउनुभयो ।व्यवसायीबिचको एकताले मात्र सेवाग्राहिलाई राम्रो सेवा दिन सकिने भएकाले गुनासो रहित क्षेत्र बनाउनका लागि स्वस्थ्य प्रतिस्पर्धा गर्दै अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । उहाँले जोखिम रहित बनाउनका लागि पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा धौलागिरि अञ्चल जिप व्यवसायी समितिका पूर्व अध्यक्ष एवँ बर्तमान संरक्षक कुमार खड्का, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी प्रदेशका सहसंयोजक एवँ धौलागिरि गण्डकी याताया सेवा प्रालिका अध्यक्ष उमेश केसी, महासंघका गण्डकी प्रदेश सदस्य एवँ धौलागिरि कालिका यातायात प्रालिका निवर्तमान अध्यक्ष बिष्णुप्रसाद अधिकारी र धौलागिरि अञ्चल जिप व्यवसायी समितिका पूर्व बरिष्ठ उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा धौलागिरि कालिका यातायात प्रालिका महासचिव दिनेश बोहोराले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सञ्जन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम प्रालिका अध्यक्ष जयन्द्रराज पन्तको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष मनोजकुमार केसीको स्वागत र महासचिव दिनेश बोहोराको संचालनमा सम्पन्न भएको थियो ।