images
images

महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २३ औं बार्षिक साधारणसभा

महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २३ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सीप सिक्नु महिलाको सान सिकाउनु सहकारीको अभियान भन्ने नारासाथ स्थापित सहकारीको साधारण सभाको उद्घाटन महिला उद्यमशीलता बिकास सहकारीका प्रमुख संस्थापक संरक्षक प्रेम छोटाले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै छोटाले महिला उद्यमशीलता विकास सहकारीले समाजमा रहेका महिलाहरुलाई उद्यमी बनाउने तालिम दिएर महिला उद्यमी बनाउनुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, संरक्षक चन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार कृष्णशंकर श्रेष्ठ, निर्मला श्रेष्ठ, सम्मानित व्यक्तित्व चइनीदेवी श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपीला कडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारण सभाका सहकारीका अध्यक्ष अर्चना पालिखेले प्रगति प्रतिवेदन, सचिव सृजना रेग्मी पन्तले सहकारीको प्रतिवेदन, कोषाध्यक्ष वविता वझाले आर्थिक र लेखा सुपरिबेक्षण समितिका संयोजक सुनिता शाक्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रम सहकारी संस्थाका अध्यक्ष अर्चना पालिखेको अध्यक्षता, सहकारीका सहसचिव संझना श्रेष्ठको स्वागत र सचिव सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।