images
images

धन्वन्तरी स्वास्थ्य सहकारी संस्था बागलुङको आठौ बार्षिक साधारण सभा नयाँ नेतृत्व चयन

धन्वन्तरी स्वास्थ्य सहकारी संस्था बागलुङको आठौ बार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । साधारण सभाले बिशुराम तिमिल्सीनाको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा शोभा शर्मा, सचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा बलबहादुर खड्का र सहसचिवमा गोबिन्दबहादुर घर्ति रहनुभएको छ ।

सदस्यमा बाबुराम पौडेल र शान्ति शर्मा रहनु भएको छ । यसैगरी भिमसेनकुमार श्रेष्ठ, युक्रजंङ्ग राजभण्डारी, डाक्टर तरुण पौडेल, बृहस्पती कँडेल र नरेश कँडेल रहेको सल्लाहकार समिति चयन भएको नवनिर्वाचित अध्यक्ष तिमिल्सिीनाले जानकारी दिनुभयो ।साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिका – २ का अध्यक्ष सुरज बोसेलले केही सहकारीका कारण समग्र सहकारीमा नकरात्मक असर परेको भन्दै सहकारीलाई नियमसम्वत रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा सहकारीका सल्लाहकार तथा काठेखोला गाँउपालिका वडा नम्वर – ६ का अध्यक्ष बृहस्पती कँडेल, सल्लाहकार डाक्टर तरुण पौडल, रामानन्द कँडेल, युक्तजंग राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीका सचिव विशुराम तिमिल्सिनाले प्रगति प्रतिबेदन र कोषाध्यक्ष हरिप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्वत रुपमा पारित गरिएको थियो ।

कार्यक्रम धन्वन्तरी सहकारीका अध्यक्ष यमबहादुर पोखरेलको अध्यक्षता, उपाध्यक्ष शोभा शर्माको स्वागत र सचिव विशुराम तिमिल्सीनाको संचालनमा सम्पन्न भएको थियो ।