images
images

मालिकामा वडा स्तरीय बाल सञ्जाल तथा वडा समिति गठन

बागलुङ नगरपालिकालाई २०८१ पौष मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने अभियान अन्र्तगत मालिकामा बाल सञ्जाल तथा वडा स्तरीय बाल समिति गठन गरिएको छ । वडा–वडालाई बालमैत्री बनाएपछि मात्रै नगरपालिका बालमैत्री गराउनका लागि नगरपालिकाको बालमैत्री अभियान वडा केन्द्रित भएसंगै बालमैत्री अभियानले तिब्रता पाएको छ ।

बागलुङ नगरपालिका–५ मालिकालाई बालमैत्री वडा बनाउनका लागि एक कार्यक्रमका बीच बाल सञ्जाल गठन तथा वडा समिति गठन गरिएको छ । बालमैत्री मालिका बनाउनका लागि सरोकारवालाले प्रतिबद्धता सहित हस्ताक्षरसमेत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकालाई बालमैत्री बनाउने अभियानमा वडा–वडामा भइरहेको कार्यक्रमले हौसला मिलेको बताउनुभयो ।

श्रेष्ठले बालमैत्री नगरपालिका घोषणाका लागि नगरवासीको अमुल्य सहयोग आवश्यकता रहेको बताउदै वडास्तरबाटै उत्साहजन साथ पाउन थालेको बताउनुभयो । कार्यक्रममा बालमैत्री नगरको विषयमा नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मी, राजनैतिक दलको तर्फबाट भुवानी सापकोटा, विद्यालय व्यवस्थापन समितिको तर्फबाट पदम केसी, स्वास्थ्य स्वयंसेवीकाको तर्फबाट शान्ता केसी र विद्यार्थीको तर्फदेखि सरस्वती सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरी प्रसाद शर्माको अध्यक्षता, वडा सदस्य चक्रपाणी शर्माको स्वागत तथा बालमैत्री सहजकर्ता अम्मर बहादुर थापाको सञ्जालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा करुणा केसीको अध्यक्ष रहेको १७ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा सरस्वती सापकोटा, सचिवमा निरमा रेग्मी र कोषाध्यक्षमा बिनायक कडेल र सह–सचिवमा लोकेन्द्र केसी रहनुभएको छ ।

त्यस्तै, वडा अध्यक्ष हरी प्रसाद शर्माको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय वडा बाल समितिगठन गरिएको छ । समितिको सदस्यहरुमा चक्रपाणी शर्मा, बलाराम सापकोटा जुना कुमारी न्यूरे, विष्णुमती किसान, विलास चन्द्र पौडेल, रेशलाल सापकोटा, राम बहादुर केसी, पदम केसी, सरस्वती केसी, चन्द्रा थापा, पवित्रा उपाध्याय, करुणा केसी, सुरज सापकोटा र प्रेम बहादुर खड्का रहनुभएको थियो ।