images
images

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १ करोड बढि घुस लिएको आरोपमा पक्राऊ पुर्जी जारी

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई पक्राऊ पुर्जी जारी भएको छ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि पक्राऊ पुर्जी जारी भएको हो ।

घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार रहनु भएका पराजुलीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउ लागि अनुमति लिईसकेको जनाएको छ ।

सहकारी संघसंस्थाको दर्ता, नविकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार प्राप्त यस कार्यालयका तत्कालिन रजिष्ट्रार पराजुलीले १ करोड पाँच लाख रुपैयाँ लिएर मित्र मिलन सहकारीलाई कार्यक्षेत्र तथा शाखा विस्तारका लागि अनुमति दिएको तथ्य अनुसन्धानका क्रममा पुष्टि भएको हो ।

सहकारीका सञ्चालकहरुको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।