images
images

मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सम्बन्धी अन्तरक्रिया

मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सम्बन्धी एक दिने अन्तरक्रिया बागलुङमा सम्पन्न भएको छ । कार्यक्रममा अहिलेसम्म भएका काम र आगामी दिनमा मानवअधिकार हनन् हुन नदिने उपाया बारे सरोकारवालाले धारणा राखेका थिए । उनीहरुले कार्यायोजना लागू गर्नुपर्नेमा जोड समेत दिएका थिए सहभागिले साना तिना कुरामा पनि राज्यबाट मानवअधिकार हनन्का बिषय आइरहनु दुःखद भएको बताएका थिए । संक्रमण कालिन न्याय टुंगोमा नपुग्दा नागरिक पीडित भएको पनि उनीहरुको टिप्पणी थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मानवअधिकार आयोग प्रदेश कार्यालय पोखरा र इन्सेक गण्डकीको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव शम्भुराज पन्तले मानवअधिकार आम नागरिकले अनुभव गर्ने बिषय बनाउनुपर्ने बताउनुभयो । उहाँले मानवअधिकारको अबस्था बिषयक प्रस्तुतीकरण गर्नु भएको थियो ।

आयोगको पोखरा कार्यालयका खिमलाल सुवेदीले मानव अधिकारको पालनाकालागि हरेक पालिका र जिल्ला तहमा मानवअधिकार समन्वय समिति गठन हुनुपर्ने आवस्यकतामा जोड दिनुभयो । समितिले आफ्नो क्षेत्रमा भएका मानवअधिकार हनन्का बिषय गम्भिर रुपमा उठाउने, महिला हिंसा सम्बन्धी १३२५ र १८२० जस्ता बिषयमा चासो राख्ने काम गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, अन्तरपाटी महिला संजालका सचिव पिंगला जिसी, द्वन्द्व पिडित जसोदा शर्मा, नेपाल रेडक्रस सोसाइटीका उपसभापति राजेन्द्र आचार्य, पत्रकार महासंघ बागलुङका सचिव बिजय राना, प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का लगायतले मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको अध्यक्षता, इन्सेक गण्डकीका प्रमुख शिवप्रसाद खकुरेलको संचालनमा सम्पन्न भएको थियो ।