
पोखरा बाट ताराखोला आउदै गरेको जिप ताराखोला गाउँपालिका वडा न ३ को मनिओलमा दुर्घटना दुर्घटना हुदा ७ जना घाइते भएका छन । धौलागिरी कालिका यातायात प्रा लि द्वारा संचालित ग १ ज ६५४० नम्बर रोकि राखेको जिप एक्कासि पछाडी ब्याक भै बाटोबाट करिब २५ मिटर तल खोलामा खसेको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरि नायब निरीक्षक राम नारायण चौधरीले जानकारी दिनुभयो । पोखरा बाट आउदै गरेको जिप चालकले मनिओलमा रोकेर सौचको लागि गएको समय एक्कासि पछाडी गुडेर दुर्घटना भएकोे प्रहरीले अनुमान गरेको छ ।
घाइते हुनेमा ताराखोला ५ चरौदीकुनाका मिलन सापकोटा,ताराखोला ५ सिपकी ६१ बर्षिय शिरकुमारी दर्जी सोही स्थानका बर्ष ३६ का रबि परियार, बर्ष २५ कि मनिसा परियार, बर्ष १२ कि शुसिला परियार , ताराखोला ४ दलान्चौरकी ४१ बर्षिय कमला खत्री र ताराखोला २ अर्गलका बर्ष ६० का भिम बहादुर रोका रहेको वडा न ३ का वडा अध्यक्ष कर्ण बहादुर भण्डारीले जानकारी दिनुभयो । घाइते भएका सबै यात्रुहरुको हाल गल्कोट नगर अस्पतालमा उपचार भै रहेको र थप उपचार आबश्यक पर्ने बिरामिका लागि पोखरा रिफर गर्ने तयारि गरिएको धौलागिरी कालिका यातायात प्रालीका अध्यक्ष जयन्द्र पन्तले जानकारी दिनुभयो ।