चाडपर्व नजिकिएसंगै बागलुङ बजारको अनगुमन

बागलुङ,

चाडपर्व नजिकिएसंगै बागलुङ बजारको अनगुमन गर्न थालिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आइतबार बागलुङ बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बागलुङ बजारका बिभिन्न किनारा पसलहरुमा म्याद गज्रेका अखाद्य सामाग्री फेला परेको छ ।
राष्ष्ट्रिय उपभोक्ता मन्ज बागलुङ र पत्रकार सहितको अनसगमन टोलीले जिल्ला प्रशासन आसपास, भलायटोल देखि देउरालीचोक सम्मका विभिन्न किराना पसलहरुमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा धौलागिरी भूजामा मिति सच्चाएको, अर्ना बियरमा मिति गुज्रेको र लेज, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको मिति गुज्रेको पाइएको छ । मिति गुज्रेका सामाग्रीहरुलाई पसलमै नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

अनुगमनमा देखिएको त्रुटीलाई सच्चाउन व्यापारीहरुलाई सचेत बनाइएको भन्दै बरालले अब नियमित बजार अनुगमन गर्ने बताउनुभयो ।
अनुगमनका क्रममा मिति गुज्रेका सामाग्रीहरु समेत मिति कायम भएका सामाग्री संगै राखेर विक्रि गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका खाद्य प्राविधिक सहन्सा कुमार महतोले जानकारी दिनुभयो ।

आगमी दिनमा मासु पसलमा समेत अनुगमन थालिने र दर्ता नभएका पसलहरुलाई दर्ताका लागि अनुरोध गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंङ थापाले जानकारी दिनुभयो ।