images
images

सुन्दर नगर बनाउन तथा ढेङ्गु लगायतका सरुवा रोग नियन्त्रणका लागि सार्वजनिक स्थलमा सफाइ अभियान

नजिकिदै गईरहेका चाडपर्वमा सुन्दर नगर बनाउन तथा ढेङ्गु लगायतका सरुवा रोग नियन्त्रणका लागि बागलुङ नगरपालिकाको अगुवाइमा शनिबार देखी बजार तथा सार्वजनिक स्थलमा सफाइ अभियान संचालन गरिएको छ । दशै तिहार लगायतका चाडपर्व र देशभर फैलिएको ढेङ्गी रोगले बागलुङमा पनि महमारीको रुप लिन सक्ने सम्भावना लाई मध्यनजर गर्दै बजारका बिभिन्न भागको सरसफाई थालिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । नगरप्रमुख श्रेष्ठ र उपप्रमुख राजु खड्काको अगुवाईमा शुरु गरिएको यस अभियानमा सुरक्षा निकाय, कर्मचारी, बिद्यार्थी लगायत अन्य सरोकारवालाले समेत साथ थिएका छन् ।

ढेङ्गु मलेरिया लगायतका किटजन्य रोगहरुको प्रकोप नियन्त्रण तथा सुन्दर नगर बनाउनका लागि सरसफाई अभियान शुरु गरेको बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । बर्षायामममा फैलिने रोग नियन्त्रणका लागि नगरले जनचेतना फैलाउने उदेश्यले सरसफाई अभियान थालेको खनालले बताउनुभयो । खुला स्थानमा फोहोर जम्न नदिने, टायर र अन्य प्लाष्टिक जन्य बस्तुमा पानी जम्दा डेङ्गुरोग सार्ने लामखुट्टे बढ्ने भएकोले त्यस्ता बस्तु र सडकमा पानी जम्ने गरी बनेका खाल्डाखुल्डीपनि पुर्नुपर्ने स्वास्थ्य शाखाका प्रमुख खनालको भनाई छ ।