जनता सँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत नेकपा माआवादी केन्द्र ताराखोला गाउँकमिटीले विस्तारित बैठक सम्पन्न भएको छ । तिन महिने विशेष रुपान्तरण अभियानको पहिलो चरणको समिक्षा र दोस्रो चरणको योजना बनाउनको लागी बैठको आयोजना गरीएको नेकपा माओवादी केन्द्र ताराखोला इन्चार्ज धन बहादुर वि.क हिमालले बताउनुभयो । बैठकमा पहिलो चरणको अभियान अन्तरगत अहिले सम्म गरीएको काम बारे वडा न ५ बाट खिम बहादुर घर्ती वडा न.४ जित बहादुर खत्री, वडा न.३ कर्ण भण्डारी र वडा न.२ बाट भद्र बहादुर घर्तीले समिक्षात्मत रिपोटिङ राखेको गाउँ कमिटी सदस्य अमर बहादुर थापाले बताउनु भयो ।
कार्यक्रममा अभियानका ताराखोला इन्चार्ज तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरी अधिकारीले सुदिढ माओवादी व्यवस्थित संगठन निर्माण गर्ने अभियानको उदेश्य रहेकाले सबै पार्टी कमिटी घरघरमा पुगेर आफ्नो कमजोरी सच्चाउदै सरकारले गरेको राम्रा काम जनता सामु पुर्याउनु पर्ने बताउनु भयो ।नेकपा माओवादी केन्द्र ताराखोलाको इन्चार्ज धन बहादुर विक हिमालले गाउँ कमिटीका जिम्मेवार कार्यकर्ताहरु अभियानमा मात्र नभई सधै जनता सँग जोडिनु पर्ने बताउनु भयो ।बैठक ताराखोला गाउँसमितिका उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षता र फुलमायाँ पुन जलजलाको सञ्चालनमा सम्पन्न भएको थियो ।