images
images

म्याग्दीको मालिका गाउँपालिका–४ को महभिर गाउँ पहिरोको जोखिममा

म्याग्दीको मालिका गाउँपालिका–४ को महभिर गाउँ पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ ।काले कामी र तुलबहादुुर घर्तिको घर भत्किएको र १३ घर जोखिममा परेको वडा सदस्य गर्वे गुुरुङले जानकारी दिनुभयो । ‘पहाडको फेदीबाट शुुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुुगेको छ,’ उहाँले भन्नुभयो ‘टंकी, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।’ फुलवारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठुुला ठुुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुुधबार राती आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । ‘हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो,’ तुलबहादुुर भन्नुभयो ‘११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौ ।’ काले कामीले पहिरोले पुुरिएको बाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुभयो । पूर्णदेवी घर्ति, सहबहादुुर घर्ति, सहबहादुुर सुुनार, लालबहादुुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुुनार, बिरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ति, भिमप्रसाद सुुनार, रहमन घर्ति र कुुमारी घर्तिको घर जोखिममा रहेका वडा सदस्य गुुरुङले बताउनुभयो ।

सो ठाउँमा गत हिउँदमा पनि सुुख्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले निरिक्षण गर्नुभएको गर्नुभएको थियो ।‘पहिरोबाट घरवास गुुमाएकाहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छ,’ उहाँले भन्नुभायो ‘घर पुुननिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोही अनुुसार सहयोग गर्छौ ।’ तत्कालीन रुपमा खानेपानी आपुर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दिर्घकालिन रुपमा पहिरो नियन्त्रण तथा वस्ती संरक्षण तथा स्थानान्तरण गर्न मन्त्री जुग्जाली र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाबीच छलफल भएको छ ।

यसैबीच मन्त्री जुग्जालीले गत सोमबार बाटोमा हिडिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका मालिका गाउँपालिका–२ बेलीका तिर्थबहादुर बिकका परिवारसँग पनि भेटघाट गरेका छन् । विपद् प्रभावितलाई राहत उपलब्ध गराउने कार्यबिधी अनुसार प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत दुई लाख रुपैयाँ सहयोग गर्ने मन्त्री जुग्जालीले जानकारी दिए ।