
बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकको सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । केही दिनयता लमजुङ, पोखरा, हेटौडा, बुटवल, धनगढी, चितवन, पाटन लगायतका स्थानमा चिकित्सक, नर्स तथा स्वास्थ्यकमीृहरु माथि भएका कुटपिट र सांघातिक हमालका साथै स्वास्थ्य संस्थामा भएको तोडफोडको घटनाको बिरोधमा आन्दोलन गरेका हुन् ।
बेनी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सुरक्षित वातावरण सिर्जना नभएसम्मको लागि आकस्मिक बाहेक सम्पूर्ण सेवाहरु प्रदान गर्न नसकिने जनाएका छन् । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेहरुको पहिचान गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संसोधन २०७९ बमोजिम कारबाही गर्नुपर्ने उनिहरुको माग छ । स्वास्थ्यकर्मीहरुले बेनी बजारमा विभिन्न पेशागत माग लेखिएको प्ले कार्ड सहित र्याली गरेका थिए ।