विश्व पर्यटन दिवस बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ

विश्व पर्यटन दिवस बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङ, बागलुङ नगरपालिका, बागलुङ उद्योग बाणिज्य सघं, होटल व्याव्सायी महासघं गण्डकी प्रदेश, होटल व्याव्सायी सघं बागलुङ, पर्यटन विकास समिति र बागलुङ कालिका भगवती गुठी बागलुङले संयुक्तरुपमा झाकी भजनकृतन सहितको र्याली पर्दशन सहित दिवस मनाएका हुन् । बागलुङ बजार स्थित लोकतान्त्रिक चोकबाट शुरु भएको र्यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी बागलुङ कालिका मन्दिर परिसरमा रहेको होटल समिटमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।

मुल समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका उप उप–सभामुख बिना कुमारी थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको बिकासका लागि यातायात र सुरक्षाको ग्यारेण्टी हुनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशले पर्यटन प्रवद्धन लाई प्राथमिकतामा राखेको चर्चा गर्दै उहाँले आर्थिक उपार्जनको महत्वपुर्ण माध्यम पर्यटन क्षेत्रको विकास भएको बताउनुभयो । कार्यक्रमका पर्यटन भित्राउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै होटल पिस प्यालेसका संचालक अशोक गोबिन्द राजभण्डारी लाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो अवसरमा बागलुङका नव–आगन्तुक प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, स्वामी हिमालय बाबा,नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कुन्दन मिश्र लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बागलुङका प्रमुख पर्यटकिय गन्तव्य र स्थानिय तहका गतिवधि बारे उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेलले बताउनुभएको थियो । कार्यक्रम उद्योग तथा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिहँ थापाको अध्यक्षता, होटल व्याव्सायी सघं गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालको स्वागत मन्तव्य र होटल ब्याव्सायी सघं बागलुङका अध्यक्ष निलेश राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।