images
images

पहिरोमा पुरिएर म्याग्दीको मालिका गाउँपालिमा सोमबार एक जनाको ज्यान गएको छ ।

बाटोमा हिडिरहेको अवस्थामा खसेको पहिरोमा पुरिएर म्याग्दीको मालिका गाउँपालिमा सोमबार एक जनाको ज्यान गएको छ ।

गोठका गाईबस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका ५० वर्षीय तिर्थबहादुर बिकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताए ।
‘बिहान पौने ८ बजेतिर हिडिरहेको अवस्थामा पहिरो खसेर पुरिएको खबर पाएपछि खोजीमा जुटेका थियौ,’ उनले भने ‘डोजर परिचालन गरेर पहिरोबाट शव निकालेका छौ ।