images
images

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत लोकमार्ग निर्माणका लागि बागलुङको अछेते बजारका घरटहरा हटाइने भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत लोकमार्ग निर्माणका लागि बागलुङको अछेते बजारका घरटहरा हटाइने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्ड अझै सम्पन्न हुन नसकेको अवस्थामा लोकमार्ग निर्माणका लागि बागलुङको अछेते बजारका घरटहरा हटाइने भएको हो ।

निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराहरुले समेत समस्या बनाएका कारण लोकमार्ग निर्माणका लागि अछेते बजारका घरटहरा हटाइने भएको जानकारी दिदै मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी तथा इन्जिनियर पवन सुवेदीले यसका लागि हाल मूल्याङ्कन भइरहेको बताउनुभयो । बागलुङ बजारदेखि बिहुँसम्मको १३ किलोमीटर सडकमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप्न लागिएको छ । अन्तिम पटकलाई म्याद थप गर्नेगरी निर्माण कम्पनी काममा फर्किएपछि सडक चौडा पार्न घरटहरा भत्काउनु अघि क्षतिपूर्ति दिनका लागि मूल्याङ्कन भइरहेको हो । सुवेदीका अनुसार अछेतेमा पाँच परिवारका आठ वटा घरटहरा भत्काउन लागिएको हो ।

यसअघि गत असार १९ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ती दिएर घरटहरा भत्काउने निर्णय गरेको थियो । बागलुङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको क्षतिपूर्ति व्यवस्थापन समितिले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घरटहरा भत्काउने प्रायोजनमा उपसमिति बनाएको जनाइएको छ ।