images
images

पाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहकारीमा आएको समस्यालाई कम गर्नका लागि कर्जा सूचना केन्द्र तत्काल स्थापना गर्नु पर्नेमा जोड

नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहकारीमा आएको समस्यालाई कम गर्नका लागि कर्जा सूचना केन्द्र तत्काल स्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ ।
राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले आयोजना गरेको २ दिने सम्पत्ती शुद्धिकरण निवारण तथा गोएमल सम्बन्धी तालिम शुभाम्भका अवसरमा बोल्दै दाहालले कर्जा सूचना केन्द्र स्थापनामा जोड दिनु भएको हो ।
सहकारी अभियानको जोड कर्जा सूचना केन्द्र स्थापनामा हुनु पर्ने हो, अभियानको ध्यान खास विषयमा नगएर अन्यत्र मोडिएको हो कि ? भन्ने आशंका व्यक्त गर्दै दाहालले अभियान एकतावद्ध भएर कर्जा सूचना केन्द्र स्थापनामा लाग्नु पर्ने बताउनु भयो । एउटा सहकारीमा खराव ऋणी बनेको मान्छे, अर्को सहकारीमा जान्छ र ऋण उपयोग गर्छ, एउटा व्यक्ति दर्जनौ सहकारीको सदस्य बन्ने र त्यहाँबाट ऋण लगेर नतिर्ने गरेका उदाहरणहरु छन, पूर्व निर्देशक दाहालले भन्नुभयो,–‘सहकारीको ऋण गलत व्यक्तिमा जान नदिनका लागि तुरन्तै कर्जा सूचना केन्द्रको आवश्यकता छ ।’
 सहकारी ऐन आएको ६ वर्ष भयो, ऐनका मुख्य प्रावधानहरु अझै कार्यान्वयन भएका छैनन्, सहकारी अभियान र राज्यको ध्यान ऐन कार्यान्वयन गरी सहकारीलाई शुद्धिकरण गर्नेतर्फ जानु पर्ने दाहालको सुझाव छ । सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धमा नेपाल राष्ट्र बैंक र सहकारी विभागको निर्देशन कार्यान्वयन नभएको तर्फ चर्चा गर्दै उहाँले सबै सहकारीहरुले सहकारीमा स्रोत नखुलेको रकम छैन भन्ने प्रमाणित गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले वचतमा उच्च व्याज दिने, मुनाफा सबैले भन्दा धेरै दिने होडवाजीका कारण सहकारीहरुमा समस्या देखिएको बताउनुभयो । सहकारीका सदस्यहरुलाई नाफा र ब्याजको लोभ देखाएर वचत संकलन गर्ने र त्यो वचत आफ्नो निजी सम्पत्ती आर्जन गर्न लगाउने व्यक्तिहरुले सञ्चालन गरेका सहकारीहरुका कारण सदस्य केन्द्रीत कारोबार गर्ने सहकारीमा पनि समस्या आएको भन्दै जिसीले यस्ता विषयमा सदस्यहरुलाई सचेत बनाउनु पर्ने बताउनुभयो ।
तालिम शुभारम्भ कार्यक्रमको सञ्चालन सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नु भएको थियो । २ दिनसम्म सञ्चालन हुने तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजीकरण गर्नु भएको छ । तालिममा सम्पत्ती सुद्धिकरण ऐन, नियमावली, निर्देशन, सहकारी ऐन, नियमावली र निर्देशनका बारेमा जानकारी दिनुका साथै सहकारीहरुले सम्पत्ती सुद्धिकरण निवारण निर्देशन र गोएमएमल कार्यान्वयन सम्बन्धमा सहजीकरण गरिने बैंकका शाखा प्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।