images
images

तिजमा सम्झौता युवा क्लबद्वारा विविध कार्यक्रम

हरितालिका तिजको अवसरमा जैमिनी नगरपालिका वडा न. ३ दमेकमा रहेको सम्झौता युवा क्लबले सोमबार विविध कार्यक्रम सम्पन्न गरको छ ।

महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा क्लबले दर खाने कार्यक्रम, एकल नृत्य प्रतियोगिता र मौलिक तिज भाकामा पञ्चे बाजा समुहद्वारा गायन र नृत्य प्रस्तुत गरिएको क्लबका अध्यक्ष सूर्य बहादुर पुन (बाबु) ले बताए ।

एकल नृत्य प्रतियोगितामा दश जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नबिना बिक प्रथम, अनिशा बिक द्धितीय, मनिषा थापा र कमला थापा तृतीय र पवित्रा बिक सान्तवना भएका छन् ।

कार्यक्रमको शुभारम्भ ज्येष्ठ नागरिक कर्ण बहादुर पुनबाट गरिएको थियो ।

क्लबका अध्यक्ष सुर्य बहादुर पुन ‘बाबु’को अध्याक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रबिन पुन मगरको स्वागत र सचिव दिलिप प्रतेलको संचालनमा सम्पन्न भएको थियो ।