बागलुङ,
कालिका सहकारी संस्था लिमिटेड बागलुङको छैठौ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख अमर बहादुर थापाले सहकारी संस्थाहरु कानुन सम्वत रुपमा चल्नुपर्ने बताउनुभयो ।
कानुन बिपरित संचालन भएका केही सहकारीका कारण अहिले सहकारी प्रति नकरात्मक धारणा पैदा हुन थालेको चर्चा गर्दै उहाँले बैधानिक रुपमा चलेका सहकारी सघंसंस्थामा समस्या नआउने बताउनुभयो ।सहकारीले सदस्यको मन जित्नेगरी काम गर्नुपर्ने उहाँको भनाई थियो ।
सो अवसरमा बोल्ने वक्ताले नियम विपरित संचालन भएका सहकारी संघसंस्थामा समस्या आएको भन्दै बिधि र पद्धती भएका सहकारीमा मात्र आवद्ध हुनुपर्नेमा जोड दिए ।
कालिका सहकारी संस्थाका अध्यक्ष हिमालप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष गिता शर्माको स्वागत मन्तव्य र सचिव भुपाल चालिसेको संचालनमा सम्पन्न कार्यक्रममा सहकारीका संरक्षक कृष्णराज शर्मा, सल्लाहकार श्रीप्रसाद शर्मा, सल्लाहकार हरि नारायण गौतम,पुर्वजिल्ला उप–सभापति मोहनलाल शर्मा,समाजसेवी देबबहादुर श्रेष्ठ, बरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठ,पुर्व वडाअध्यक्ष लक्ष्मी बास्कोटा र नेपाल पत्रकार महासघं बागलुङ शाखाका सह–सचिव तारानाथ आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभाले सहकारीका सचिव भुपाल चालिसेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन, कोषाध्यक्ष रेशम सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिका संयोजक राजकुमार पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।
कार्यक्रममा कार्यक्रममा शैक्षिक प्रगति हासिल गर्ने शेयर सदस्यका छोरा छोरी सञ्जीना शर्मा, संगिता खड्का, रिया शर्मा लाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी दैनिक बचतकर्ता नारायण प्रसाद शर्मा, बाल बचतकर्ता सम्पन्न सापकोटा, अवधी वचत तर्फ गिता सापकोटा, असल कारोबारी केबी रानामगर, उत्कृष्ट कारोबारी अर्जुन आचार्य र उत्कृष्ट कर्मचारी सिता सापकोटा लाई सम्मान गरिएको थियो ।
त्यस्तै ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक लाई पनि नगद सहित सम्मान गरेको सहकारीले जनाएको छ ।