images
images

कागबेनी पुनर्निर्माणमा युएनडिपीको चासो

बाढीले क्षतिग्रस्त मुस्ताङको कागबेनी क्षेत्र पुनर्निर्माणमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले चासो देखाएको छ ।
युएनडिपीका पदाधिकारी र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबिच भएको भेटवार्तामा युएनडिपीले गत साउन २८ गतेको बाढीका कारण यो क्षेत्रमा भएको क्षेती र पुनर्निर्माणमा चासो देखाएको हो ।

युएनडिपीका नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे र मुख्यमन्त्री पाण्डेबिच कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको थियो । भेटका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीले कागवेनीमा ठुलो क्षती पुगेको र स्थानीयले अहिलेपनि सास्ती भोग्नुपरेको तथा ब्यक्तिगत, सामुदायिक सरकारी संरचनाहरु ध्वस्त भएको जानकारी गराउँदै सहयोगका लागि यूएनडीपीको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रदेश सरकारको सिमित स्रोत र साधनकाबिच पुनर्निर्माणका सबै काम तत्काल पुरा गर्न सहज नभएकाले दातृ निकायहरुले सरकारको योजना अनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो ।

यूएनडिपीका नेपाल प्रमुख मिशा ने मेदागंगोडा लाबेले गण्डकी प्रदेश भित्र संचालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम संचालन गरिने बताउनुभयो । प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने उल्लेख गर्दै उहाँले कागवेनीको पुन निर्माण र पुर्नस्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।