images
images

बागलुङमा पछिल्लो डेढ महिनामा दश जनाले आत्महत्या गरेका छन्

बागलुङमा पछिल्लो डेढ महिनामा दश जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक बर्ष सुरु भएपछि अघिल्ला बर्षहरुको तुलनामा आत्महत्याका घटना ह्वात्तै बढेका हुन् ।

पछिल्लो डेढ महिनामा ८ जनाले झुण्डिएर आत्माहत्या गरेका छन्भने एक जनाले बिष सेवन र अर्का एक जनाले हाम फालेर आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ ।

विश्व आत्महत्या रोकथाम दिवस–२०२३ को अवसरमा आयोजना गरिएको अन्तरक्रियामा तथ्यांक प्रस्तुत गर्दै बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बिभिन्न कारणले आत्महत्याको दर ह्वात्तै बढेको उल्लेख गर्नुभयो. । उहाँका अनुसार अघिल्लो आर्थिक बर्षको १२ महिनामा ५३ जना र आर्थिक बर्ष २०७८÷०७९ मा ४४ जनाले आत्महत्या गरेका थिए ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आत्महत्या रोकथामका लागि स्थानीय सरकार क्रियाशिल रहेको बताउनुभयो ।उहाँले जीवन नदेख्नेहरुलाई परामर्शका माध्यामबाट जीवन देखाउने र सम्भावनाहरुको खोजी गर्नुपर्ने बताए ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जीवनप्रतिको माया बढाउँदा आत्महत्या घटाउन सकिने बताउनुभयो । पछिल्लो समय अभिभावकलाई धम्क्याउनकै लागि बालबालिकाले आत्महत्याको बाटो रोज्ने गरेकोप्रति शर्माले चिन्ता व्यक्त गर्नुभयो ।
अन्तरक्रियामा सहभागीले सामाजिक बिभेद, आर्थिक, मानसिक र सामाजिक समस्याहरुको पहिचान र आत्माहत्या रोकथाम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको अध्यक्षता र सिअहेव अधिकृत डिल्ली आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।