images
images

मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक नहुँदा एक सातादेखि शल्यक्रिया सेवा प्रभावित

मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक नहुँदा एक सातादेखि शल्यक्रिया सेवा प्रभावित बनेको छ ।

विगत ८ महिनादेखि कार्यरत नवौं तहका एमडिजिपी चिकित्सक डा. मुखिया घलेको अन्यत्र सरुवा भएसंगै मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा प्रभावित बनेको हो ।

एमडिजिपी चिकित्सक डा. घले यसअघि मनाङ अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । नेपाल सरकारको छात्रवृद्धि सुविधाबाट चिकित्सक बनेका घलेलाई दुई वर्षे दुर्गम सेवा प्रावधान अनुरुप मुस्ताङ अस्पतालको पहलमा झिकाईएको थियो । डा घले मुस्ताङ अस्पतालमा एमडिजिपी चिकित्सक डा. कुन्दन कर्ण कार्यरत हुनुहुन्थ्यो । दुबै एमडिजिपी चिकित्सकहरुले आफ्नो कार्यकालमा प्रसुती शल्यक्रिया संगसंगै सामान्य अप्रेसन गर्नुपर्ने विरामीलाई सेवा पु¥याउनुभएको थियो ।

मुस्ताङ अस्पताल स्थापनाको ४८ वर्षपछि अप्रेशसन शल्यक्रिया सञ्चालनमा ल्याईएको थियो । सुरुवाती १५ शैयाबाट सुरु गरिएको मुस्ताङ अस्पताल २०३१ सालमा स्थापना भएको थियो । संघीयतापछि प्रदेश सरकारको मातहतमा रहेको अस्पताल २५ शैया अस्पतालको रुपमा बढोत्तरी भएको छ ।

मुस्ताङ अस्पतालमा सामान्य अप्रेसन तथा प्रसुती शल्यक्रियाका लागि प्रदेश सरकारले आवश्यक एकुमेन्ट र तालिमहरु संञ्चालन गरेको थियो । यद्यपी शल्यक्रिया संञ्चालनमा आएको दुई वर्ष नपुग्दै पटक÷पटक सेवा अवरुद्ध हुदै आईरहेको छ । मुस्ताङ अस्पतालमा उपकरणको व्यवस्था भएपनि चिकित्सक नहुँदा भिडियो एक्सरे सुविधाको सेवा पनि बन्द छ ।

भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक बस्न नचाहादा अस्पतालको शल्यक्रिया सेवा अवरुद्ध हुन पुगेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिनुभयो ।