
म्याग्दी, २०
म्याग्दीको मालिका गाउपालिका ६ स्थित दर्वाङ बिम सडक अन्तर्गत गोजामा ट्याक्टर दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । गोजा स्थित धारा बाट दरवाङ आउदै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्याक्टर म्याग्दी खोलामा खस्दा सोही ट्याक्टरका चालक म्याग्दीको मराङ निवासी करिब २६ वर्षिय सुसन विश्वकर्माको मृत्यु भएको हो ।
ट्याक्टरले च्यापेको अवस्थामा म्याग्दीका प्रहरी प्रमुख मदन कुँवर, सशस्त्र प्रहरी बल गुल्म म्याग्दी बाट गएको प्रहरी निरिक्षक उमेश ढकालको टोलीले शव निकालेको थियो । मृतकको शव पोष्टमार्टमका लागि म्याग्दी अस्पताल ल्याईदै गरेको प्रहरी प्रमुख कुंवरले जानकारी दिनुभयो । दुर्घटना बारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।