images
images

बेनी नगरपालिकाले पहिलो पटक मासु पसलको अनुगमन

म्याग्दी,

चार्डपर्व नजिकै संगै म्याग्दीको बेनी नगरपालिकाले पहिलो पटक बजारमा अनुगमन सुरु गरेको छ ।

अनुगमन टोलिले सोमबार ११ वटा मासु पसल अनुगमन गरेको हो । अनुगमनको क्रममा केहि पसलहरु दर्ता नगरी सञ्चालन गरेको, मापदण्ड अनुसारको सरसफाई नभएको तथा उपभोक्ताले देख्ने गरी मुल्य नराखेको पाईएको बेनी नगरपालिकाका प्रशासकिय अधिकृत युवराज थापाले बताउनुभयो ।

उक्तमासु पसललाई १५ दिनभित्रपसलहरु मापदण्ड अनुसारको सरसफाइमुल्य सुचिराख्न दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ स्थानीय सरकारको नितिभित्रबजार अनुगमन परेकोले नगरपालिकाले कार्य विधि बनाइअनुगमन सुरु गरेको छ

अनुगमनगर्ने निस्किएको बजार अनुगमन टोलिले मासु पसलको मुल्य सुचि अद्यावधिक नगरेको, सरसफाइ नगरिएको भेटिएकोले तत्काल सच्चिन निर्देशन दिइएको अधिकृत थापाले बताउनुभयो ।