images
images

पर्वत जिल्लाको मोदि गाउँपालिकामा स्थानिय पाठ्यक्रम

पर्वत,

पर्वत जिल्लाको मोदि गाउँपालिकामा स्थानिय पाठ्यक्रमः हाम्रो मोदी बिमोचन तथा सार्बजनिक भएको छ । गाउँपालिकाले आधारभुत तह (१–८) मा मंगलवारदेखि लागू हुने गरि पुस्तकको विमोचन गरेको हो । मोदि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झकप्रसाद गौतम संयोजक रहेको १३ सदस्यीय कार्यदलले ४ महिना लगाएर निर्माण गरेको हो ।

पाठ्यक्रम गाउँ कार्यपालिकाबाट स्वीकृत भएसंगै बिमोचन गरिएको गाउँपालिकाले जनाएको छ । पुस्तकसबै आधरभुत बिद्यालयमा लागू हुने गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो ।

स्थानिय पाठ्यक्रमले केन्द्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानिय बिसय बस्तु समेट्ने अध्यक्ष शर्माको भनाई थियो । स्थानीय पाठ्यक्रमले स्थानिय स्तरमा रहेका मुल्य मान्यता, कला संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोगी बन्ने विश्वास लिएको गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले बताउनुभयो ।

स्थानीय तह सञ्चालन ऐनले स्थानीय पाठ्यक्रम गाउँपालिका आफैले निर्माण गर्न सक्ने प्रावधान राखेको जानकारी दिदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले सोहि बमोजीम गाउँपालिकाभित्रको चिनारीलाई पनि पाठ्यक्रममा समावेस गरि निर्माण गरिएको बताउनुभयो ।