images
images

चुक्तीखोला मोटरेबल पुलको निमार्ण कार्य अन्तिम चरणमा

बागलुङ,

बागलुङको गलकोट नगरपालिका–२ नरेठाटी स्थित चुक्तीखोला मोटरेबल पुलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।

दुई वर्षअघि जुम्ली बि.के जेभीले पुर्वाधार विकास कार्यालय संग २०७९ बैशाख १ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेर कामको शूरुआत गरेको थियो । तोकिएको समय सिमा भित्र काम नसकिएपनि ८ महिना थप गरिएको निर्माण कम्पनीले जनाएको छ ।

झन्डै २ करोड ८७ लाख ५४ हजार को लागतमा बनेको यो पुल निमार्ण सम्पन्न भएपछि ठुला सवारी सधान र झन्डै ५ सय घरधुरी लाई दैनिक आवतजावतमा सहज हुने गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताउनु भयो ।

पुलको फिलिङको काम बाकी रहेकोले संचालनमा आउन नसकेको भण्डारीले जानकारी दिनुभयो । समयमै फिलिङको काम नसकिदा स्थानिय तथा गल्कोट क्षेत्रमा संचालन हुने सवारी साधनले सास्ती खेप्दै आईरहेका छन् ।

पुलको दुबै तर्फ फिलिङको काम सकिएपछि हस्तान्तरण गरिने सब ईन्जिनियर चन्द्र पुनले बताउनु भयो ।