
जगिन्द्र वि क,
ताराखोला मिडिया प्रा लिको आयोजना तथा ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा बिहिबार सूचनाको हक, जवाफदेहिता, आर्थिक पारदर्शिता र सुशासन मार्फत समृद्धि भन्ने मुल नाराका साथ ताराखोला गाउँपालिकाको आर्थिक वर्ष २०७९ र ८० को ताराखोला गाउँपालिका वडा नम्वर २ को कार्यालय बैठकहल भातखाने डाडाँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नकार्ताहरुले सहिद मार्ग अलपत्र भएको, अहिलेको समयमा अलैचीको विरुवामा रोगलागेको , सरकारी सवारी साधन लगेर भम्रण गएको पाँच शंैयाको अस्पतालको किन बन्न सकेको छैन लगायतका विषयमा प्रश्न, जिज्ञासा तथा गुनासो व्यक्त गरेका थिए ।
कार्यक्रममा ताराखोला गाँउपालिकाका अध्यक्ष धन वहादुर विक हिमाल, उपाध्यक्ष भिम वहादुर रोका, ताराखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरे, स्वास्थ्य शाखा प्रमुख उदित थापा, कृषि शाखा प्रमुख सन्दिप थापा, पशु सेवा शाखा प्रमुख चिन्तामणि शर्मा र सब इन्जिनियर हरि बहादुर रावल लगायतले कार्यक्रममा उठेका सवालको सहजीकरण गर्नुभएको थियो
कार्यक्रममा पत्रकार सज्जन कुमार सिहले सहकीकरण गर्नु भएको थियो भने नेपाल पत्रकार महासंधका कोषअध्यक्ष सुवास गौतमले कार्यक्रमको टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकिय अधिकृत तथा विभिन्न शाखाका प्रमुख र वडा अध्यक्षहरुले समृद्ध ताराखोला निर्माणका लागि जनताको चासो र गुनासोलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम ताराखोला मिडियाका अध्यक्ष संगम घर्तीको अध्यक्षता, पत्रकार जगिन्द्र विकको स्वागत तथा जनमुखि न्युज अनलाइन पत्रीका का सम्पादक खगेन्द्र विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।