बागलुङ,
प्रसिद्ध पर्यटकिय क्षेत्र बागलुङ नगरपालिका स्थित वडा नम्वर ६ मा अवस्थित सर्वसिद्धिधाम, पञ्चकोटमा नेपालमै पहिलोपटक अभूतपूर्व धान्याचल सहित अनन्तश्री ब्रह्रमाण्डीय महायज्ञ २०८० को तयारी गरिएको छ ।
आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म संचालन हुने अभूतपूर्व धान्याचल सहित अनन्तश्री ब्रह्रमाण्डीय महायज्ञको मौलो जमिनमुनि ६ फिट र जमिनमाथि २५ फिटको हुने जनाइएको छ ।
उक्त मौलो श्रीपञ्चमहालक्ष्मीको प्रतिकस्वरुप भएकाले त्यसलाई पञ्चश्रीस्तम्भ भनिएको र उक्त मौलो पुर्नका लागि करिव २१ हजार ५ सय ५५ क्विन्टल धान लाग्ने आयोजकले अनुमान गरेको छ । यसरी बृहत रुपमा संचालन हुन लागेको धान्याचल ठूलो, विशेष र फरक हुने पनि आयोजकको दावी रहेको छ ।
ब्रह्माण्डका देवीदेवताहरुलाई आह्वान गरी सम्पादन हुने धान्याचल श्रीमहायज्ञले धनधान्यकी देवी लक्ष्मीको प्रशन्नताद्धारा देवदेश श्रीनेपालको श्रीसमृद्धि र नेपालीजनमा सुख र शान्ति प्राप्त हुने विश्वास आयोजकले लिएको छ ।
दैविक प्रेरणाद्धारा अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराजको सत्सड्ढपमा १५ दिवसीय महायज्ञ संचालन हुन लागेको हो ।
उक्त महायज्ञमा राष्ट्यि तथा अन्तराष्ट्यि सनातन बैदिकधर्म, बौद्धधर्म संरक्षण तथा नेपाल आमा सम्मान लगायतका विविध सम्मेलनहरु संचालनको तयारी गरिएको छ । महायज्ञमा दैनिक योग शिविर, श्रीमद्भागवत महापुराण, अन्य पुराणहरु, रामायण, महाभारत पारायण, हवन, अर्चना आदी कार्यक्रम संचालन हुने भएको छ ।
शक्ति सम्वर्धनका लागि विशेष भगवत् आराधाना, मन्त्रजप, ध्यान, तथा मन्त्रलेखन, संगीतमय श्रीमद्भागवत कथाप्रवचन, सहयोगी सम्मान, कार्यक्रम रहने छ