images
images

मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकी सहित ३६ वटा घर बगायो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले ३६ वटा घर बगाएको छ ।

आइतबार साँझ कागखोलामा आएको बाढीले प्रहरी चौकी, विद्यालय भवन, धर्मशाला, सडक पुल, कल्भर्ट लगायत भौतिक संरचनामा पनि क्षति पु¥याएको छ । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तिर्थस्थल र पर्यटकीय स्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको ३६ भन्दा बढी घर र होटल बाढीले भत्काएको बताउनुभयो । कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ । विस्थापित र जोखिममा रहेकाहरुलाई सामुदायिक भवन र सुरक्षित ठाउँमा रहेका घरमा स्थानान्तरण गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु कागबोनीबासीको व्यवस्थापनमा जुटेका छन् । कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पु¥याएपछि सुरक्षाकर्मीहरुलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ ।

जोमसोम–कोरला सडक अन्तरगत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्क बिच्छेद भएको हो ।

विद्युतका पोल पनि बाढीले बगाएकाले विद्युत सुविधा अवरुद्ध भएको छ । पार्कीङ गरेर राखेका गाडीहरु पनि बाढीले बगाएको र पुरिएको बताइएको छ । कागबेनीमा हिन्दुहरुले पितृलाई तर्पण दिने ठाउँ बगाएको छ ।

नदी कटान नियन्त्रण गर्न बनाइएको पक्कि संरचना र ग्यावीयन पर्खाल बाढीले बगाएको छ ।
कागबेनी भन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घरहरु खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको हो ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले क्षतिको विवरण संकलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत सुविधा आपुर्ति गराउन काम थालिएको बताउनुभयो । वाइट अनुप केसी, प्रमुख जिल्ला अधिकारी मुस्ताङ दुई दिन मुस्ताङमा लगातार पानी परेको थियो ।

स्थानीयबासीहरुका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपाली जस्तो धेरै र ठूलो वर्षा भएको थिएन् । मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगंगा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ ।