
बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारको हल्लन चोकमा दुइ तले पक्कि भवनको खरिद गरेको छ । धौलागिरिको ठूलो सहकारीको रुपमा रहेको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाले व्यवस्थित केन्द्रीय कार्यालयको लागि भवन खरिद गरेको हो ।
गत पौषमा सम्पन्न १३ औं वार्षिक साधारण सभाले सहकारीको आफ्नै जग्गामा भवन निर्माण गर्ने वा उचित ठाउँमा घर पाएको खण्डमा खरिद गर्ने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम सहकारी रजिष्टारको कार्यालय पोखराबाट अनुमति लिई सहकारीको केन्द्रीय कार्यालय अगाडि प्रभु बैंकको बागलुङ शाखा कार्यलय रहेको सो घर ६ आना १ दाम ३ पैसामा बनेको घर ४ करोड ७५ लाखमा खरिद गरिएको हो ।
२५ वटा सदस्य सेवा केन्द्रहरु र एउटा केन्द्रीय कार्यालयबाट २५ हजार ९२ जना शेयर सदस्यलाई वित्तीय सेवा दिदै आएको छ । ३९ करोड ४६ लाख ७९ हजार हजार रुपैयाँ शेयर पुँजी रहेको सहकारीमा १ अर्ब ३२ करोड ८ लाख २७ हजार ४ सय ४५ रुपैयाँ बचत छ भने १ अर्ब ४४ करोड करोड ९४ लाख ७५ हजार ६ सय ६ ऋण लगानी रहेको छ । सहकारीको जगेडा कोष सहित विभिन्न कोषहरुमा १० करोड १४ लाख ४ हजार ५ सय ७९ रुपैयाँको सस्थागत कोष रहेको छ ।