
बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जन एकता सामुदायिक बनमा एक थान र वडा नम्बर ३ को भगवती स्थानको ओडारमा बेवारिसे अवस्थामा रहेको छ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुन्धान गरिरहेको छ ।