images
images

कोरोना महामारीमा स्थापना गरिएको श्रीधराचार्य औषधालयको उदघाट्न ।

श्री तिरुपति बालाजीधामका स्थापनाकार दिवंगत स्वामी श्रीधराचार्यको ८४ औ जयन्मजयन्ती बिबिध कार्यक्रमका साथ मनाईएको छ ।
जन्मदिवसका अवसरमा श्रीधराचार्य औषधालयको उद्घाटन, बैदिक गुरुको अभिनन्दन तथा शालग्राम र कालिगण्की बिषयक एकल कविता वाचन लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
कोरोना महामारीमा तिरुपती बालाजी धाममा दिवंगत स्वामी श्रीधराचार्यको नाममा स्थापना गरिएको औषधालयको उद्योग बाणिज्य महासघंका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले शालग्राम शिला विश्वकै महत्वपुर्ण रहेकाले यहाँको शालग्राम संग्रालय लाई ग्रन्थको रुप दिनुपर्ने बताउनुभयो । धार्मिक तथा पर्यटकिय क्षेत्रको विकाशका लागि यो संग्राहलयले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । संग्रालयको विकाशका लागि निजी क्षेत्रले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा संग्राहालयले बैदिक गुरु पुरुषोत्तमाचार्य लाई अभिनन्दन गरिएको थियो । अनन्तश्री बिभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य, उद्योग बाणिज्य महासघंका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकाल र संग्राहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले उहाँलाई संयुक्तरुपमा अभिनन्दन गर्नुभएको हो ।
कार्यक्रममा डा.जगन्नाथ रेग्मीले कालिगण्की र शालग्राम बारे आध्यात्मिक कविता वाचन गर्नुभएको थियो । सम्मानित व्याक्तित्व बारे स्वामी ऋषि प्रपन्नाचार्य र कवितावाचक डा. जगन्नाथ रेग्मी बारे सहप्रध्यापक बिष्णु मैत्रेयले बताउनुभएको थियो ।
स्वामी कमल नयनाचार्यको अध्यक्षता, रंगाराचार्यको स्वागत मन्तव्य र सुदंर्शनचार्यको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, राससका प्रधान सम्पादक अभिनन्दित व्याक्तित्व पुरुषोत्तमाचार्य, स्वामी नारायणाचार्य, डा. भोलानारायण रेग्मी नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष जगन्नाथ रेग्मीलगायतले बोल्नुभएको थियो ।