images
images

सुनौलो बागलुङ संस्थाको केन्द्रिय अध्यक्षमा दिलिप प्रतेल चयन

सामाजिक कार्य सँगै मानविय सेवामा सक्रिय सुनौलो बागलुङ संस्थाको केन्द्रिय अध्यक्षमा दिलिप प्रतेल चयन हुनु भएको छ । संस्थाको सम्पन्न दोस्रो साधारणसभाले प्रतेलको अध्यक्षतामा ११ सदस्यीय रहेको समिति सर्व सम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा निशा थापा, सचिवमा बविन आचार्य, सहसचिवमा मनिषा ढुङ्गाना र कोषाध्यक्षमा तेरुसा पुन रहनु भएको छ । सदस्यमा युवराज पौडेल, स्मृति बिश्वकर्मा, रोशनी भुजेल, उर्मिला थापा मगर, लक्ष्मण श्रीस र सञ्जु थापा चयन हुनु भएको छ । सल्लाहकारमा ताराप्रसाद शर्मा, मदन कार्की, मिना परियार, दिलिप पुलामी मगर र फटिक थापालाई चयन गरिएको छ । साधारणसभाको उद्घटन पछि बोल्दै बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले समाज र देश परिवर्तनको जिम्मा युवाहरुको काँधमा आएकाले जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । देशको सुधार रुपान्तरण युवा बिना सम्भव नभएकाले युवाहरुमा सकरात्मक तथा बैज्ञानिक सोच, अध्यन एवँ क्रियाशिलता आवश्यक रहेको उहाको भनाई थियो । सो अवसरमा पत्रकारीता क्षेत्रबाट समाज रुपान्तरण तथा संस्थाको बिकासमा सहयोग पु¥याएको भन्दै पत्रकार कोपिला कँडेल र बिजय रानालाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल दलित पार्टीका अध्यक्ष भक्तबहादुर रसाइली, पत्रकार महासंघका सचिव बिजय राना, पत्रकार कोपिला कँडेल, संस्थाका संस्थापक सचिव राजेश श्रीस मगर र उपाध्यक्ष दिलिप प्रतेलले मंतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष स्वेता घर्ती सरिताको अध्यक्षता उपसमिति अध्यक्ष ममता कार्कीको स्वागत र सचिव प्रदिप श्रीस मगरको संचालनमा सम्पन्न भएको थियो ।