
जगिन्द्र बि.क,
जिल्लाको ताराखोला गाउँपालिका वडा २ स्थित अर्गल माविले गत बर्ष देखि पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीलाई तरकारी पशुपालनमा सहभागी बनाएर आम्दिन पनि गरेका छन् । स्थानीय जागृत पुनको ३ रोपनी जग्गा बार्षिक ८ हजार दिनेगरि लिजमा लिएर आलु खेती गरिएको हो ।
विद्यार्थीले ६ मुरी आलु बेचेर रु १६ हजार जम्मा गरेका छन बाँकि आलुलाई दिवा खाजा र खाजा खर्चका रुपमा प्रयोग गरिएको पनि प्रधानध्यापक गणेश घर्तिको भनाई छ ।
शिक्षा मन्त्रालय र ताराखेला गाउँपालिकाको सहकार्यमा पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरि विद्यार्थीलाई पढाईको साथसाथै व्यवहारिक शिक्षा अन्र्तगत पढ्दै कमाउदै कार्यक्रम लागु गरिएको शिक्षा अधिकृत ुसविता कुमारी केसी शर्माले बताउनुभयो ।
त्यस्तै विद्यार्थीले विद्यालयमा लेस प्रजातीका ५० वटा कुखुरा पनि पालेका छन् । कुखुराको अण्डा विक्रिबाट कुखुराको दाना किन्ने र फाटफुट मासुका रुपमा पनि विक्रि गरिएको विद्यालयका सुचना अधिकारी सूर्य घर्तिले जानकारी दिनुभयो ।
विधालयलले म्याग्दीको सुर्केमेला बाट १० हजारको दरले ५ घार माहुरी पनि ल्याएर पालेको छ । त्यस्तैस्थानीय याम बहादुर घर्तिको जग्गा बार्षिक ७ हजार भाडा तिर्ने गरि जिम्मा लिएर २३ मिटर लम्बाई ७ मिटर चौडाइको आधुनिक टनेल तयार गरि टमाटर, ब्रो काउली, सागपात लगाएर विक्रि गर्दै आएको सुचना अधिकारी घर्तिले जनउनुभयो ।
विधार्थीहकोे कृषि र कुखुरा पालनका लागि शिक्षक अभिभावक सँघका सदस्य याम बहादुर घर्तीले हेरचाहमा सहयोग गर्दे आउनुभयो छ । यो कार्यले विद्यार्थीर्ला आत्मनिर्भर व्यवहारिक बनाउन सहयोग पुगेको घर्तिको भनाई छ ।