images
images

बडिगाड घटना अपडेट : वरिष्ठ सइ पौडेलको शव परिक्षण गर्न पोखरा पठाइने

बागलुङ,

इलाका प्रहरी कार्यालय भीमगिठेका वरिष्ठ सइ उज्वल पौडेलको शव परिक्षण  (पोष्टमार्टम) का लागि पोखरा पठाइने भएको छ ।

मंगलबार बागलुङको बडिगाड गाउँपालिका–६ खार बजारको एक होटलमा मृत फेला परेका वरिष्ठ सइ पौडेलको शव पोष्टमार्टम गर्नका लागि पाखरा पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी निरिक्षक राजाराम खड्काले बताउनुभयो ।

शवको गहिरो र विस्तृत अनुसन्धानका पोखरा पठाउन थालिएको हो । आशा होटल एण्ड खाजा घरकी सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तर्फ ल्याइएको प्रहरीको भनाई ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काको टोलि पुगेर अनुसन्धान सुरु गरेको थियाे ।

सोमबार राती बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले जानकारी दिनुभयो ।

पौडेल होटलमा मृत फेला परेको भन्दै होटल सञ्चालकले राती १२ बजे वडा अध्यक्षलाई जानकारी गराएका थिए । वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे प्रहरी चौकी बुर्तिवाङको टोलि घटनास्थल पुगेको थियो ।