images
images

रोट्रयाक्ट क्लव अफ बागलुङको आयोजना मेहेन्दी कार्यक्रम

बागलुङ,

सामाजिक कार्यसंगै युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङको आयोजना मेहेन्दी कार्यक्रम सम्पन्न भएको छ ।
साउन महिनामा बिषेशगरि महिला दिदीबहिनीहरुलाई मध्य नजर गर्दै र आइटीसी व्युटिसियन ट्रेनिङ स्कुल, सीएसए द हाउस अफ व्युटि एण्ड ट्याटु सेन्टरको सहयोगमा बानपा ४ स्थित गौरिधाम शिव मन्दिरमा कार्यक्रम गरिएको हो ।

साउन महिनामा नेपाली महिला दिदीबहिनीहरुले हातमा हरियो चुरासंगै मेहेन्दी पनि लगाउने प्रचलन रहेकाले संस्कृती संरक्षणका लागि सहयोग पु¥याउने अभिप्रायले निशुल्क मेहेन्दी लगाउने कार्यक्रम गरिएको क्लवका अध्यक्ष सुस्मिता केसीले बताउनुभयो ।

मेहेन्दी कार्यक्रममा करिव ६० जना महिला सहभागी भएको कार्यक्रम संयोजक निशा केसीले जानकारी दिनुभयो । आइटीसी व्युटिसियन ट्रेनिङ स्कुल, सीएसए द हाउस अफ व्युटि एण्ड ट्याटु सेन्टरका बिद्यार्थीहरुले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै रोटरी क्लव अफ बागलुङका सचिव अनिता घिमिरेले पछिल्लो समय संस्कृती संरक्षणमा कसैको पनि ध्यान नगएको अवस्थामा संस्कृति संरक्षणका लागि क्लव गरेको कार्यक्रम प्रशंसनिय रहेको बताउनुभयो ।

कार्यक्रममा सेन्टरका संस्थापक चन्द्रकला छन्त्याल थापाले पनि मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष सुस्मिता केसीको अध्यक्षता र सचिव तारा केसीको संचालनमा सम्पन्न भएको थियो ।