२० औ राष्ट्रिय धान दिवस बागलुङमा पनि धुमधामका साथ मनाईयो

बागलुङ,  २० औ राष्ट्रिय धान दिवस बागलुङमा पनि मनाईएको छ । बागलुङ नगरपालिका, कृषिज्ञान केन्द्र मिरमिरे सहकारी संस्था तथा बागलुङ जेसिजले बानपा ३ खहरेमा संयुक्त रुपमा धान रोपाई गरी राष्ट्रिय धान दिवस मनाएका हुन् ।

धान रोपाईको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले परम्परा र संस्कृति लाई बचाई राख्न तथा जिल्ला लाई कृषिमा आत्मनिर्भर बनाउनका लागि रोपाई महोत्सवको आयोजना गरिएको बताउनुभयो । कृषिमा नयाँ नयां प्रविधि भित्रिएकाले परम्परागत गोरु लोप हुदै गएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल,जिल्ला सहकारी सघंका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, नारायण शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम बागलुङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिदक्त कँडेलको अध्यक्षता, बानपा १३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलको स्वागत मन्तव्य र मिरमिरे सहकारी संस्थाका सचिव थानेश्वर सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।