images
images

देशको सक्रिय जनशक्ति कुलतमा फस्नु दुभाग्य पूर्ण

बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले देशको सक्रिय जनशक्ति कुलतमा फस्नु दुभाग्य पूर्ण रहेको बताउनु भएको छ । शंकल्प पुर्नस्थापना केन्द्र बागलुङ नगरपालिका १ रामरेखाको आयोजना र जिल्ला प्रहरी कार्यलय बागलुङको सहकार्यमा भएको लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित जनचेतना, अन्र्तक्रिया तथा छलफल कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । ‘लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा श्रेष्ठले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिन आग्रह गर्नु भयो । लागूऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाजसँग समन्वय गरी संगठित रुपमा काम गर्नुपर्ने भन्दै लागू औषध तथा ओसारपसार यसको प्रयोगले समाजमा नकरात्मक क्रियाकलापहरु बढ्ने भएकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताउनु भयो । लागू औषध बालबालिका र किशोरकिशोरीहरुले प्रयोग गर्ने क्रम वढेकाले यसलाई रोक्न बिभिन्न गाउँ टोलहरुमा चेतना मुलक कार्यक्रमहरुलाई वढाउनु पर्नेमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाई छ । कार्यक्रममा लागूऔषध सम्पन्धी प्रशिक्षण दिदै जिल्ला प्रहरी कार्यलय बागलुङमा प्रहरी नायव उपरीक्षक मनद केसीले लागूऔषधको समस्यालाई निर्मूल पार्नका लागि नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम विभिन्न निकायसँग समन्वय गरी लागूऔषधसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज बोसेल, सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र गुठीका अध्यक्ष लिलादेवी खड्का, पत्रकार महासंघ बागलुङका सहसचिव सृजना पन्त, मम्युनिटि सपोर्ट ग्रुपका कार्यक्रम संयोजक मनिक राजभण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा प्रवेश बोहोराले लागूऔषध प्रयोग गर्न परेका समस्या र समुदायमा पुर्नस्थापित हुद पाउँदाको अनुभव सुनाउनु भएको थियो भने, सम्झना क्षेत्रीले लागूऔषध प्रयोगकर्तामा आफन्तले भेग्नु पेरेका पिडाका बारेमा बोल्नु भएको थियो । लागू औषध तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्ष जुन २६ गते मनाउने गरिन्छ । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । कार्यक्रम शंकल्प पुर्नस्थापना केन्द्र बागलुङ नगरपालिका १ रामरेखाका अध्यक्ष रमेश भण्डारीको अध्यक्षता आसिस कार्कीको स्वागत र पत्रकार सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।