१० असार ,
काँठेखोला गाँउपालिकाले ५६ करोड १२ लाख ३४ हजारको बजेट ल्याएको छ । गाँउपालिकाको तेहै गाँउसभामा पालिका अध्यक्ष तेज बहादुर थापा तिलकले आर्थिक बर्ष ८०, ८१ का लागि अनुमानित आय ३६ करोड १२ लाख र पुंजीगत तर्फ २० करोड ३४ लाख गरी ५६ करोग १२ लाख ३४ हजार बजेट सार्वजनिक गर्नुभएको हो ।
नेपाल सरकारवाट प्राप्त हुने अनुदान प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरीक राजश्व समेत समावेश गरेर बजेट ल्याएको हो ।
काठेखोला गाउँपालिकाको गाउँपालिका स्तरीय कार्यक्रम अन्तरगत बिभिन्न बिषयगत समितिहरु तर्फ १६ करोड ३५ लाख ३४ हजार,आर्थिक विकास तर्फ रु. २ करोड ६३ लाख ५२ हजार पुर्वाधार विकास तर्फ रु. ७ करोड ४३ लाख ९ हजार , सामाजिक विकास तर्फ रु. ४ करोड ६७ लाख २० हजार , सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ रु. ८९ लाख ८६ हजार। वन, वातावरण तथा विपद ब्यवस्थापन तर्फ रु. ७१ लाख ६७ हजार रहेको अध्यक्ष थापा द्धारा प्रस्तुत गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
बजेटले बिशेष गरी कृषि पर्यटन पुर्वाधार, शिक्षा स्वास्थ्य, प्रशासकिय भवन निर्माण, लगायत लाई जोड दिएको छ ।