
बागलुङ,
जिल्लाको काठेखोला गाउँपालिका वडा न। ३ धम्जाको रामचालुमा शनिबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
बागलुङ सदरमुकामदेखि धम्जा तर्फ जाँदै गरेको ध १ ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका अन्दाजी १८ बर्षका विजय बिकको मृत्यु भएको छ ।
बिकको घट्ना स्थलमा नै मृत्यु भएको आशिष थापा मगरले बताए ।
घाइते दुई जनालाई उपचारको लागि बागलुङ सदरमुकाम ल्याइदै गरेको धम्जाबाट दिपेन्द्र रानाले बताए ।
साँझ ७ः३० बजेको समयमा जीप सडकदेखि करिब५० मिटर तल खसेको बताईएको छ ।