images
images

बागलुङको जीप दुर्घटना अपडेट मृतक दुई जनाकै पहिचान खुल्यो

बागलुङको काठेखोला गाउँपालिका -५ ठूलढुंगामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार गलकोटबाट बागलुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा पर्वत जिल्ला कुश्मा नगरपालिका -१ का २८ वर्षीय राजेन्द्र माझी र (मार्केटिङ) सहचालक बागलुङ जैमिनी नगरपालिका राङखानीका दुर्गा पौडेलकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेशकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटना भएकाे गाडी बागलुङ नगरपालिका-२ सम्झना स्टोरको भएको पाइएको छ । ‘बागलुङदेखि गलकोटसम्म पुगेर सामान बचेर फर्किँदै गर्दा पिकअप दुर्घटना भएको छ’, एसपी खड्काले भने, ‘अहिले एक जनाकाे शव गाडीले च्यापिएको अवस्थामा भएकाले निकाल्ने प्रयास भइरहेको छ ।’

उनीहरू २ दिनअघि बागलुङ बजारबाट सामान बेच्नका लागि गलकोटतिर निस्किएका थिए