images
images

नेपाल बिजुली, पेन्टर, पलम्वर, तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) को ५ औ जिल्ला अधिवेशन

नेपाल बिजुली, पेन्टर, पलम्बर, तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल)को ५ औ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सम्पन्न भएको छ । अधिवेशनले मनबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिपेन्द्र गौतम, सचिव कमल कार्की,सह–सचिव रामकृण्ण सापकोटा र कोषाध्यक्षमा दिलबहादुर थापा रहनुभएको छ । समितका सदस्यहरुमा ईश्वर रेग्मी, भुपेन्द्र खड्का, सिता रिजाल, ईन्द्रबहादुर बिक, गोकर्ण थापा, हरिकला पुन, मनोज साह तेली, सलमान, जग बहादुर बि क, गंगाबहादुर मगर दिपक, बेली थापा मगर, शान्ती किसन नेपाली , शर्मिला बोहोरा र सुमन बोहोरा रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै क्युपेक नेपालका केन्द्रिय अध्यक्ष शान्ता बस्नेतले मजदुर वर्ग लाई राज्यले अपहेलना गरेको बताउनुभयो । ज्याला निर्धारण हुँदा मजदुरको प्रतिधित्व गर्न माग गर्दै बस्नेतले” ‘मजदुरका समस्या सबैका साभा बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले मजदुरका पक्षमा बनेका ऐननियमको पुर्ण पालना हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा जीफन्ट गण्डकी प्रदेश उपाध्यक्ष लिला बहादुर कार्की, क्युपेक नेपाल केन्द्रिय महिला सचिव बलादेबी राई,वडाअध्यक्ष सुरज बोसेल, क्युपेक नेपाल कास्की जिल्ला अध्यक्ष तिर्थराज मगर, पर्वत जिल्ला अध्यक्ष बाबुराम सापकोटा र क्युपेक नेपाल बागलुङका संस्थापक अध्यक्ष हेमराज पौड्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्युपेक नेपालका संस्थापक अध्यक्ष भरत राउतको अध्यक्षता र सदस्य कमल राईको स्वागत मन्तव्य र ५ औ अधिवेशन आयोजक कमिटिका संयोजक मनबहादुर थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।