
नेपालइन्भेष्टमेण्ट मेगा बैंकले बैंकिङ्ग सेवानपुगेका ग्रामीण क्षेत्रमाशाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । मुस्ताङको जोमसोम जिल्लाको घरपझोङ गाउँपालिका वडा नं. ०२, मार्फा गाँउ बाट शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । बैकंले मार्फा गाँउ, जोमसोममा सुनमाया पुर्जा थकाली लाई ब्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या १०५ पुगेको छ । बैंकले व्यवसायिक प्रतिनिधिलाई स्थानिय स्तरमा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको र व्यवसायिक प्रतिनिधिले बैंकले उपलब्ध गराएको विद्युतीय उपकरणको माध्यमबाट स्थानीय ग्राहकहरुलाई नगद कारोवार संग सम्बन्धि खाता खोल्न, बचत स्वीकार गर्ने, रकम भुक्तानीदिन, खाता ब्यालेन्स सोधपुछ र खाताविवरण प्रिण्टिङ्ग, एक खाता बाट अर्को खातामा रकम स्थानान्तरण, कर्जाको साँवा तथा व्याज असूली, विजुलीको बिल भुक्तानी, व्यापारी भुक्तानी, मोवाईल फोनको रिचार्ज सेवा तथा अन्य बैंकले तोकेका सेवाहरु उपलब्ध गराउनेछ । बैंकले स्थापनाकाल देखि नै ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहँुच पु¥याउने उद्धेश्यले सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखा रहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपुर्ण औजारको रुपमा रहीआएको छ । हाल सम्म नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ सय ९६ वटा शाखा, १०५ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६१ वटा एक्सटेन्सन काउण्टर र २८१ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थान हरुमा पनि बैकिङ्ग सेवा संचालनगर्दै जाने योजना रहेको जनाएको छ ।