images
images

बागलुङ नगरपालिकामा भारतिय चलचित्र पर्दशनमा रोक

बागलुङ नगरपालिकामा भारतिय चलचित्र पर्दशनमा रोक लगाईएको छ । बागलुङ नगरपालिकाले सोमबार बागलुङमा रहेको बीएसआर सिनेमा हललाई पत्र लेख्दै चलचित्र ‘आदिपुरुष’मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन निर्देशन दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बीएसआरलाई पत्र काट्दै भारतीय फिल्म ‘आदिपुरुषमा’ भ्रम छर्ने तरिकाले जानकी भारतीय छोरी हुन भन्ने शब्द समावेश गरिएको र उक्त शब्द नसच्चिए सम्म नगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै भारतीय फिल्म प्रसारण गर्न रोक लगाउन निर्देशन दिनुभएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले राष्ट्रियतामा आँच आउने यस्ताखाले चलचित्र संचालनमा सबैले रोक लगाउनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि देशको राष्ट्रियता र सार्वभौमिकताका सन्दर्भमा अध्ययन गर्न र संवेदनशील बनेर चलचित्र निर्माण गर्न आग्रह गर्नुभयो । यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने निर्णय गरेको थिए।