images
images

कृषक पाठशाला

कृषकहरुलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा हरियाली कृषक समूहले १८ हप्तासम्म गोलभेडा र काँक्रो खेतीमा आईपिएम कृषक पाठशाला सञ्चालन गरेको हो । समूहका अध्यक्ष तेजबहादुर बानियाले स्थानीय स्तरमा उपलब्ध प्राङगारिक मल, गाइभैसीको मुत्र र जैविक बिषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो । खेतीबालीमा शुत्र जिब मात्र हुदैन, मित्र जिब पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जिब मित्र र शुत्र हो भन्ने पहिचान नगरी जथाभावी बिषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शुत्र जिबलाई जैबिक बिषादीबाट नष्ट गर्ने ज्ञान, सिप पाठशालाबाट पाएका छन् । पाठशालामा सिंगा र आसपासका गाउँका २५ जना कृषकहरु सहभागि भएका थिए । हरेक मंगलबार बिहान ८ देखि १२ बजेसम्म कृषकलाई भेला गराएर सैद्धान्तिक बिषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको थियो । प्रयोगात्मक अभ्यासका लागि १ रोपनी जमिनमा चार वटा पल्ट बनाएर सामुहिक टमाटर खेती गरिएको छ । चालु आर्थिक वर्षमा सिंगाको साथै वडा नम्बर १ को उपल्लाचौरमा आलु तथा वडा नम्बर ६ को छापमा टमाटर सबन्धी आइपिएम कृषक पाठशाला सञ्चालन भएको छ । एक वटा पाठशाला सञ्चालन गर्न रु. एक लाख पचास हजारका दरले बजेट बिनियोजन गरेको छ ।