महिलाहरु लाई सिप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन

बागलुङ हस्तकला सघंको आयोजनामा १० दिने गुडिया बनाउने तालिम शुरु भएको छ । महिलाहरु लाई सिप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरिएको हस्तकला सघंले जनाएको छ । तालिमको उद्घाटन गर्दै हस्तकला सघंका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले तालिम मार्फत महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । लोप हुंदै गएका सामग्रीको पहिचान र संरक्षणका लागि हस्तकला सघंले बिभिन्न खाले तालिम संचालन गर्दै आएको चर्चा गर्दै उहाँलेर्” यहाँ उत्पादित सामग्रीले देश बिदेशमा बजार पाएको दाबी गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार ईश्वर श्रेष्ठ र पत्रकार कोपीला कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमको सहजिकरण ज्योती शाक्यले गर्ने हस्तकला सघंले जनाएको छ ।बागलुङ हस्तकला सघंका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत मन्तव्य र सह–सचिव सर्मिला जोसीको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो ।