म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाको वडा नं. ७ स्थित चिमखोलामा नेपाली सेना र जिल्ला अस्पताल म्याग्दीको संयोजनमा संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन भएको छ। उक्त स्वास्थ्य शिविरमा नेपाली सेना तथा जिल्ला अस्पताल म्याग्दीबाट विभिन्न विषयका विशेषज्ञ डाक्टरहरुको उपस्थिति रहेको थियो । बालबालिका, वृद्ध-वृद्धा, महिला तथा पुरुषहरु गरि २२३ जना लाभान्वित भएको उक्त स्वास्थ्य शिविरमा मेडिकल ओ.पि.डि., अर्थोपेडिक ओ.पि.डि., सर्जिकल ओ.पि.डि. र डेण्टल ओ.पि.डि. का सुविधाहरु प्रदान गरिएको थियो ।निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको उक्त स्वास्थ्य शिविरले रघुगंगा गा.पा. वडा नं.७ का बासिन्दाहरुको साथ साथै अन्य वडाका बासिन्दाहरुलाई पनि स्वास्थ्य सुविधा प्रदान गरिएको थियो ।