images
images

भ्रष्ट्राचार विरुद्धको नागरिक एवं सरोकारवालाहरु संग १ दिने सचेतना कार्यक्रम

बागलुङ, देशमा बलियो सञ्जाल बनाएर फैलिदै बढिरहेको भ्रष्ट्राचार कम गर्नको लागि सवै निकायमा इमान्दारिता र पारदर्शिता आवश्यक रहेको बागलुङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

बागलुङ नगरपालिका १३ पैयुपाटामा शनिवार आयोजित भ्रष्ट्राचार विरुद्धको नागरिक एवं सरोकारवालाहरु संग १ दिने सचेतना कार्यक्रम बोल्ने बक्ताहरुले वलियो भएर झागिएको भ्रष्ट्राचारको सञ्जाललाई तोड्न सहज नभएको बताएका छन् ।

देशका हरेक क्षेत्रमा बलियो संजाल बनाएर झागिएको भ्रष्ट्राचारका विरुद्धका नियमन कारी निकाय भए पनि त्यसले गरेको काम कारवाही प्रभावकारी हुन नसकेकोले यसलाई हटाउन चुनौती भएको धारणा व्यक्त गरेका थिए ।

भ्रष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था बागलुङको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा पत्रकार द्धय प्रकाश वराल, सञ्जन कुमार सिंह र शालिकग्राम शर्माले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बानापा १३ वडा अध्यक्ष नारायण पौडेलले समाजका हरेक नागरिक आफै सचेत भई भ्रष्ट्राचारका विरुद्धमा आवाज उठाउन र समुदायस्तरबाटै निगरानी गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बानापा १२ का वडा अध्यक्ष कोपिला मणि शर्मा, नेकपा एमाले वडा समिति अध्यक्ष टेक बहादुर रोकाले प्रस्तुत कार्यपत्र माथि टिप्पणी गर्दै एउटा मात्र निकायको निगरानीले भ्रष्ट्राचार न्य्ुनिकरण नहुुने हँदा जनताको खवरदारी सधै आवश्यक रहेको धाराण व्यक्त गर्नु भयो ।

कार्यक्रम भ्रष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, बानपा १४ का वडा अध्यक्ष चक्र बहादुर खत्रीको स्वागत र संस्थाका सचिव रामबहादुर केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।