लियो क्लब द्धारा स्यानिटारी प्याड तथा माक्स वितरण

जेष्ठ २६,

लियो क्लब अफ धौलागिरी बागलुङ द्धारा बागलुङको मुलपानि स्थित मुलपानि माध्यमिक विद्यालयमा स्यानिटारी प्याड तथा माक्स वितरण गरेको छ

संस्था ले बिद्यालयमा अध्यनरत छात्रा लाई महिनावारीको समयमा हुने समस्या समाधान गर्ने उदेश्यले १११ पिस प्याड र ११ प्याकेट माक्स वितरण गरेको जनाएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेले क्लवले गरेको सहयोग झट्ट हेर्दा सानो भएपनि बिद्यार्थीको समस्या संग जोडिएकोले महत्वपुर्ण रहेको बताउनुभयो ।

तिन सयभन्दा बढि अध्यनरत यस विद्यालयमा बढिमात्रामा छात्राहरु बढि रहेको र यसले ठुलो राहत हुने विद्यालयका प्रधानाध्यापक सुबास कंडेलले बताउनुभयो

कार्यक्रम लियो क्लब अफ  धौलागिरी बागलुङका २०२२ र २३ का अध्यक्ष लियो प्रवेश पौडेलको अध्यक्षता लाईन्स बर्ष २०२३ र २४ का अध्यक्ष मनिष कंडेलको स्वागत र लाईन्स बष २०२३ र २४ का उपाध्यक्ष सचिन हरिजनको संचालनमा सम्पन्न भएको थियो ।