बागलुङको ताराखोला गाउँपालिकामा पाइने रातो च्याउ सवैको रोजाइमा पर्ने गरेको छ । ताराखोलाको जंगलमा पाइने बिभिन्न च्याउ मध्ये रातो च्याउ सवैको रोजाइमा पर्न थालेको हो ।
ताराखोलाको वनमा वैशाखदेखि असोजसम्म पाइने रातो, झरी, तगाले, सेतो च्याउ लगायतका विभिन्न थरिका च्याउ पाइने भएकाले सिजन अनुसारको च्याउ खोज्न थालिएको छ ।
ताराखोलामा संचालित होमस्टेहरुमा बाह्य तथा आन्तरिक पर्यटकलाइ खानामा खुवाइने च्याउ अत्यन्तै रूचाएर पर्यटकहरूले लैजाने पनि गरेका छन । बिषेश गरि रातो च्याउ सबैको रोजाइमा पर्न सफल भएको स्थानीय नारायण घर्तीले बताउनुभयो । सिजनमा ताराखोलाको उच्च पहाडी क्षेत्र डुँडेलेक, घुम्टे, तीनचुले लगायतको घना जंगलमा च्याउ खोज्न जानेको लर्को लाग्ने गरेको ताराखोला गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष मनबहादुर रोकाले बताउनुभयो । च्याउ सुकुटी बनाएर कोसेलीको रुपमा देश तथा विदेशसम्म जाने गरेको स्थानीय नारायण घर्तीले बताउनुभयो । ताराखोलाको रातो च्याउ खान कै लागि देशका बिभिन्न ठाउँहरुबाट मानिसहरु आउने गरेको पनि स्थानीयको भनाइ रहेको छ ।