गलकोट नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त घोषणा

बागलुङ,
गलकोट नगरपालिकाले बालमैत्री एंव स्थानिय शासनयुक्त नगरपालिका घोषणाका लागि ५१ वटा सूचक पुरा गरेसँगै नगरपालिकाले बालमैत्री स्थानिय शासनयुक्त घोषणा गरेसंगै पञ्चवर्षिय रणनितिक योजना समेत तयार पारीएको गलकोट नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा १८ वर्षमुनिका बालबालिका ९ हजार ७ सय ३० रहेका छन् गलकोट नगरपालिकाका ११ वटै वडालाई बालमैत्री वडा घोषणा गरे संगै गलकोट नगरपालिका गण्डकी प्रदेशको तेस्रो र बागलुङ जिल्लाको पहिलो बालमैत्री स्थानिय शासनयुक्त बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणा गरिएको गलकोट नगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले नगरपालिकाले बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणा गरेसंगै यसलाई दिगो रुपमा कायम राख्नको लागि सबैले सहयोग गर्दै अन्य स्थानिय तहले पनि यसको सिको गर्नुपर्ने बताउनुभएको छ । उहाँले बालमैत्री नगर घोषणा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि गण्डकी प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ उहाँले एक जिल्ला एक रंगशाला, एक स्थानिय तह एक खेलकुद मैदान निर्माण गर्ने कार्यक्रम अन्तर्गत एक स्थानिय तहको खेलकुद मैदान गलकोट नगरपालिकामा निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । सिम्खडाले एक स्थानिय तह एक दक्ष चिकित्सक उपलब्ध गराउने र ६० वर्ष भन्दा माथिका महिलाहरुलाई भत्ताँ दिने कार्यक्रम सञ्चालन गर्ने समेत बताउनुभयो । १६ बर्ष भन्दा मुनिका बालबालिकाका लागि प्राणघातक रोग क्यान्सर जस्ता खतरनाक रोगको उपचारको लागि नेपाल सरकारले दिने १ लाखमा थप १ लाख दिने र हरेक स्थानिय पालिकामा अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गर्ने तथा शैक्षिक गतिविधिको अध्यावधिक र सार्वजनिक गर्ने उहाँले भन्नुभयो

कार्यक्रममा बागलुङ क्षेत्र नं २ क का गण्डकी प्रदेश सांसद जित सेरचन, बागलुङ क्षेत्र नं २ ख का गण्डकी प्रदेश सांसद दोर्ण कुवँर, दिलमाया पौवी, पुर्व संविधान सभा सदस्य नर बहादुर पुन निरज,प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका महा निर्देशक खिम बहादुर खड्का, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर थापा, नगर बाल सञ्जालका अध्यक्ष समिक्षा गौतम, लगायत बागलुङका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिकाका विभिन्न बाल सञ्जालहरुले साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने विभिन्न वडाहरुबाट झाँकि प्रर्दशन,पनि गरेका थिए
कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, नगरउपप्रमुख फमलाल निउरेको स्वागत र गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि।कको सञ्चालनमा सम्पन्न भएको थियो